काठमाडौं । बिहीबार, नेप्से परिसूचक १८.०६ अंकले घटेर १८५८.५३ अंक विन्दुमा आइपुगेको छ ।
आज ४५ लाख ९५ हजारको कित्ता सेयर १ अर्ब ३२ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, रुरु जलविद्युत परियोजनाको ५.६३%, एनआइबिएल प्रगती फण्डको ३.८७%, लक्ष्मी भ्यालु फण्ड २ को ३.५२%, एनआइसी एशिया फ्क्लेसी क्याप फण्डको ३.४१%, छिमेक लघुवित्तको ३.४१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, विजया लघुवित्तको, माउन्टेन इनर्जि र युनाईटेड आइडीआई मार्दी हाइड्रोपावरको १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । सिटिजन म्युचुअल फण्ड २को ८.८८%, खानीखोला हाइड्रोपावरको ५.६७ प्रतिशतले सेयर मूल्य घटेको छ ।