काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक १८.०६ अंकले घटेर १८५८.५३ अंक विन्दुमा आइपुगेको छ ।
आज ४५ लाख ९५ हजारको कित्ता सेयर १ अर्ब ३२ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल इन्स्योरेन्स प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सोनापुर मिनरल्सको ८ करोड ४९ हजार, युनाइटेड आईडीआई मार्दीको ५ करोड १९ लाख, सोल्टी होटलको ४ करोड ३९ लाख, रिलायबल नेपाल इन्स्योरेन्सको ३ करोड २६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।