यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० अंक विन्दुमा आइपुगेको छ ।

आज ३३ लाख ५९ हजारको कित्ता सेयर १ अर्ब १ करोड ४१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एसिया डिभेन्चर ५ करोड ३ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको ३ करोड ६८ लाख, मुक्तिनाथ विकास बैंक प्रमोटर सेयरको ३ करोड ३८ लाख, सोल्टी होटलको ३ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स