काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेड निष्काशन गरेको आईपीओमा पहिलो दिन नै ४ लाख ३० हजार ५२१ आवेदन परेको छ । सो आवेदकबाट ५३ करोड १८ लाख ५२ हजार रुपैयाँ बराबरको ५३ लाख १८ हजार ५२० कित्ता सेयर माग भएको हो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिंङले उक्त कम्पनीको आईपीओमा पहिलो दिन नै ७.८३ गुणाले बढी परेको हो । कम्पनीले सर्वसाधारणको लागि ६ लाख ७८ हजार ९०० कित्ता सेयर छुट्याएकोे थियो ।
कम्पनीले आज कार्तिक ४ गते देखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण आईपीओ निष्काशन गरेको छ ।
सोमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि निष्काशन गरिएको हो ।
सर्वसाधारणले उक्त कम्पनीको कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन । कम्पनीको सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ता शेयर खरिदका लागि आवेदन सक्ने जनाईको छ ।