मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा तेस्रो दिनसम्म १०.०३ गुणा बढी आवेदन परेको छ ।

आज साँझ ५ः११ बजेसम्ममा १० लाख ५७ हजार ८२८ जना आवेदकले १ करोड १५ लाख २३ हजार १५० कित्ताका लागि आवेदन परेको सीडीएसले जनाएको छ । कम्पनीको आईपीओमा १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको १०.०३ गुणा बढी हो ।

कम्पनीले मंसिर ८ गतेदेखि सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँबराबरको आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा १४ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरि बाँडफाँट गरिसकेको छ ।

यसपछि कम्पनीले दोस्रो चरणमा ४२ हजार कित्ता सेयर कर्मचारी र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

यस निष्काशनमा मङ्सिर १२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ ।

सर्वसाधारणलाई सेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स