काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।
सोमबार, नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ अंक विन्दुमा आइपुगेको छ ।
आज ६० लाख १७ हजारको कित्ता सेयर १ अर्ब ७५ करोड ४७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ६५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६६ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६० लाख, सिटिजन लाइफ इन्स्योरेन्सको ६ करोड ४८ लाख, प्रभु बैंक प्रमोटर सेयरको ५ करोड २६ लाख, शिवम् सिमेन्ट्सको ५ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।