लक्ष्मी श्रेष्ठ
काठमाडौं । बजार २० हजार अंकबाट घट्दा १८ अंकमा आइसक्यो । १८ सय अंकमा ६ पटक गयो तर, त्यो भन्दा तल ओर्लिएन । अहिले कारोबार पनि १ अर्ब भन्दा तल झरिसकेको थियो । साढे दुई वर्ष लगानिकर्ताहरू डिप्रेसनमा परेका थिए । लगानीकर्ताहरूले डिप्रेसनबाट बाहिरा निस्कदा फेरि लगानी गुमाउने कुरा हुँदैन् । अहिलेको अवस्थामा बजार आउनु भनेको केही नभए पनि १८/ २० खर्ब लगानी गुम्नु हो । बजारमा पैसा छैन, लगानी कर्तालाई लगानी गर्न समस्या भएको छ । बजार सधै घाटाको घाटामै छ । लागनीकर्तासँग ब्याज तिर्ने पैसा छैन । बैंकको ब्याज माथि थियो । त्यस कारणले पनि बजार पेनिक बनेको हो ।
इन्डियाको पुँजी बजार ६५ हजार अंक माथि छ, पाकिस्तानमा ४५ हजार विन्दुमा बजार छ, श्रीलंकामा ११ हजार अंकको बजार छ । हाम्रो नेपालमा भने १८ सय १९ सय अंकको बजार छ । बजार सधै घाटामा भएको कारणले ब्याज बढेर १५÷१६ प्रतिशत भइसकेको थियो । अहिले बैंकमा ६ खर्ब रुपैयाँ लागनी योग्य पैसा थुप्रिरहेको छ ।
बैंकले लगानी गर्नेलाई लोन दिन सकेको छैन । लगानीकताहरूले लोन दिन नसक्नु भनेकै ब्याज दिन नसक्नु हो, त्यो राष्ट्र बैंकले बुझनु पर्छ । डिपोजिटमा उनीहरूले घटाउँदैन लगेका छन् । कर्जामा पनि ब्याज घटाउनु पर्छ । कर्जाको ब्याज हत्तपत्त घटाउँदैनन् , राष्ट्र बैंक र बैंकहरूको मिलिमहत्व छ जस्तो लाग्छ ।
तर, अहिले ब्याज घटाउन बाध्य भएका छन् । किन भने महँगो रेटका कारण कर्जाको अहिले डिमाण्ड छैन । अर्को मौद्रिक नीति समीक्षा आउने तयारीमा छ । मौद्रिक नीति आएपछि केही सुधार आउला । त्यो राष्ट्र बैंकले बुझिसकेको छ । अहिले राष्ट्र बैंकको नीतिलाई लगानी कर्ताहरूले मन पराएका छैनन् । औद्योगिक व्यापारी र नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन), अर्थ मन्त्रलय र प्रधानमन्त्रीले आफै हस्ताक्षेप गर्छु भन्ने पनि कुरा आयो । मौद्रिक नीतिले ब्याजदर घटाउन सहयोग गर्ने नीति लिने बुझिएको छ ।
सेयर धितोकर्जाको हालको सीमा राख्नु हुँदैन भन्ने हाम्रो मामग हो । अहिले व्यक्तिगतलाई १५ करोड र संस्थागतलाई २० करोड रुपैयाँको सीमा तोकिएको छ । पुँजी बजारमा लागनीको लागि १५/२० करोड त केही पनि होइन। यस्तो क्याप लगाउनु पनि हुँदैन् । बजार चालु भएको बेला ३२ सय अंक पुग्दा जम्मा १ सय २५ करोडको लोन गएको हो । त्यसपछि घटेर ६५ अर्बमा आएको हो ।
बजार सधै एकैनास हुँदैन । एमालेको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले १० प्रतिशतको लोन दिएको हो । त्यो भनेको १० खर्ब लोन हो । पुँजी बजारमा ३२ सय पुग्दा १२५ अर्ब भन्दा बढी लोन गएको छैन । नेपालमा बैंकबाट पुँजी बजारमा लगानी गर्नको लागि बैंकबाट लोन लिएर गर्ने ठाउँ नै छैन ।
यता क्यापिटल गेन ट्याक्सले रामो समय लगानी गर्नेलाई ३ प्रतिशत र छोटो समयका लागि लगानी गर्नेलाई ५ प्रतिशतले कर लिने व्यवस्था थियो । यो व्यवस्था केहि समय लागू पनि भयो । तर, अहिले त्यस्तो छैन, छोटो समय लगानी गर्नेले ७ प्रतिशत पुँजीगत लाभकर तिर्नु पर्ने हुन्छ भने लामो समय लागनी गर्नेले जम्मा ५ प्रतिशतमात्रै कर तिरे पुग्छ । नियमलाई मुठी कसेर हुँदैन, राष्ट्र बैंक जस्तो ठाउँमा नीति नियम कमजोर भएको छ त्यहाँ गलत भएको छ । १५ र २० को नीतिलाई हटाउनु पर्छ । ब्याज कम गर्नु पर्छ, नीतिगत सुधार गर्नु पर्यो । पुँजी बजार अर्थतन्त्र बिगारेको होइन समग्रमा व्यापारले बिग्रिएको हो ।
उद्यमी व्यवसायीलाई अप्ठ्यारो पार्ने नीति नियम नसुधारे ठगिनेछन् । ब्याज घटाउनको लागि दुर्गा प्रसाईले हडताल गरिरहेका छन् । बजारमा पैसा छैन, लोन तिर्न सकिएको छैन्, भएका जति पनि लगानीकर्ता, कलकारखान, संञ्चालित उद्योगहरू कालो सूचीमा परिरहेका छन् । मार्जिन कल आइरहेको छ । सरकारले समयको माग अनुसार नीति नियमलाई लागू गर्न सकेन । नेपालमा पुँजी बजार अलि राम्रो भयो भने कसरी हुन्छ खुट्टा ताना तान गर्न थाल्छन्, पुँजी बजारलाई त माया गर्नुपर्ने हो ।
पीएचडी गरेकाहरूले अन्य मुलुकमा गएर विभिन्न पुँजी बजार हेरेर अध्ययन गरेर आएका हुन्छन् । तर, पनि नेपालमा भने पहिलेकै रुडिबादी तरिकाले बोलिदिन्छन्, यो गलत हो । पुँजी बजारलाई माया गर्यो भने धेरै आय आर्जन गर्न सकिन्छ ।
राष्ट्र बैंक पुँजी संकलन गर्ने ठाउँ हो । सेकेण्डरी मार्केट राम्रो भयो अर्थात बढ्यो भने सबैलाई राम्रो हुन्छ । विभिन्न ठाउँमा आय स्रोत हुने उद्योग, कलकारखाना लगायत संरचनाहरू बन्न सक्छन् । जस्ले देशमा विकास हुन्छ । यो बुझनु जरुरी छ, होइन भने भोलि पुँजी बजारले रुवाउन सक्छ । पुँजी बजार घटयो भने अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विस्तारै ठूला अबौ रुयैयाँको आईपीयो आउन थालिसकेको छ । लगानीकर्ताहरु बजारका हल्ला खल्लामा लाग्छन्, आलोचना गर्छन । बजार घटयो भने झन धेरै घाटा हुन जान्छ ।
सेयर बजार अहिले अलि राम्रो हुने देखिएको छ । हाल ब्रोकरले लिँदै आएको कमिशन १० प्रतिशतले घटाउने प्रस्ताव भएको छ । सकारात्मक कुराहरू आइरहेका छन् । पछिल्लो समय पुँजीमात्रै बढेको होइन, बजार पनि बढेको छ । भोलिका दिनमा बजार राम्रै हुने देखिएको छ । पुँजी बजार साइकोलोजीमा चल्ने बजार हो । पुँजी बजारमा नकारात्मक हल्ला फैलाउने मान्छेहरू धेरै छन् । अहिले पनि पुँजी बजार २२ सयसम्म बस्नु पर्ने हो, तर २२ सय भन्दा तल छ । अहिले नेपालमा कारोबार २ अर्ब नाघिसकेको छ ।