१४.७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.७ अंकले घटेर २५५६.९५ विन्दुमा पुगेको छ । बिहीबार सेन्सेटिभ इन्डेक्स ०.६५ अंकले घटेको छ ।

आज २१६ कम्पनीका सेयर ३६ हजार ७६२ पटक कारोबार भएको छ । ६१ लाख ६ हजार ४५२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६३ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज अन्य उपसमूह र म्यूचुअल फण्ड बाहेक सबै उपसमूह घटेका छन् ।

बजार घट्दा पनि मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जोशी हाइड्रोपवार डेभलपमेन्ट र गुणविल फाइनान्सको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स