काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ ।
ती कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो ।
जसमा सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता २९५ रुपैयाँ रहेकोमा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता २८०.९५ रुपैयाँ कायम भएको छ ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बोनसमा समायोजन भएको छ । यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३९० रुपैयाँ रहेकोमा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ३५२.९४ रुपैयाँ कायम भएको छ ।
सोही मूल्यलाई आधार मानेर भोलि यी दुई बैंकको कारोबार खुल्ने छ ।