नेप्सेमा ८१ अर्ब २५ करोड रुपैयाँ बराबरको ९ वटा विकास ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारका विभिन्न ९ वटा विकास ऋणपत्र सूचीकृत भएको छ । शुक्रबार सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिएको विकास ऋणपत्र सूचीकृत भएको हो ।

नेप्सेका अनुसार आठ वर्ष अवधिका ३ वटा, छ वर्ष अवधिका ५ वटा ऋणपत्र र पाँच वर्ष अवधिको १ वटा ऋणपत्र नेप्सेमा सुचीकृत भएका हुन् ।

जसमा ६ वर्ष अवधिका ६८० करोड रुपैयाँको २०८६ ‘ज’, १ हजार करोड रुपैयाँको २०८६ ‘झ’, ८८० करोड रुपैयाँ २०८६ ‘ट’, ५६० करोड रुपैयाँ २०८६ ‘ञ’, ६९५ करोड रुपैयाँको २०८६ ‘ठ’ रहेका छन् ।

त्यस्तै, ५ वर्ष अवधिको १ हजार करोड रुपैयाँको २०८५ ‘ञ’, ८ वर्ष अवधिका १ हजार ३१० करोड रुपैयाँको २०८८ ‘ग’, १ हजार करोड रुपैयाँको २०८८‘ङ’ र १ हजार रुपैयाँको २०८८ ‘घ’ रहेका छन् ।

यी सबै ऋणपत्रहरुको वार्षिक ब्याजदर ७ प्रतिशत छ । गत भदौ ११ गतेदेखि असोज २६ गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन् ।

यी ऋणपत्रको भुक्तानी विसं २०८६ भदौ ११ गतेदेखि २०८८ असोज २६ गतेसम्म तोकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स