साढे १ अर्बमाथिको कारोबार हुँदा नबिल बैंकसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक ९.८७ अंकले बढेर १८६०.२० अंक विन्दुमा आइपुगेको छ ।

आज ४४ लाख २० हजारको कित्ता सेयर १ अर्ब ३४ करोड ८३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६७ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १३ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिनरल्सको ९ करोड ५८ लाख, सानिमा जीआईसी इन्स्योरेन्सको ५ करोड ४१ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको ५ करोड ३० लाख, रिलायबल लाइफ इन्स्योरेन्सको ५ करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स