काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ ।
बुधबार कम्पनीको ८.६० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता ५२९.७० रुपैयाँ रहेकोमा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ४८७.७५ रुपैयाँ कायम भएको छ ।
सोही मूल्यलाई आधार मानेर भोलि मंसिर ७ गते कम्पनीको कारोबार खुल्ने छ ।