नेप्सेमा हरियाली छाएसँगै दुई कम्पनीमा लाग्यो सर्किट, कुनले कति कमाए ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ अंक विन्दुमा आइपुगेको छ ।

आज ४२ लाख १३ हजारको कित्ता सेयर १ अर्ब ८ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४० वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बुद्धभुमी हाइड्रोपावरमा १०% र पञ्चकन्यामाई हाइड्रोपावरको सेयरमूल्यमा ९.९५ प्रतिशतले सकारात्मक सर्किट लागेको छ । माथिल्लो मैलुङ खोलाको ९.९२%, थ्रीस्टार हाइड्रोपावरको ९.७२%, पिपल्स हाइड्रोपावरको ९.४१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सयपत्री हाइड्रोपावरको ८.१५%, एसबिएल डेबेन्चर २०८२ को ७.४९%, स्वाभिमान लघुवित्तको ५.९१%, एनआईसी एशिया फेक्सि क्याप फण्डको ४.९९%, सनराइज बैंक डेबेन्चर २०८३ को ३.९५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स