नेप्से २० अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ अंक विन्दुमा आइपुगेको छ ।

आज ४२ लाख १३ हजारको कित्ता सेयर १ अर्ब ८ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४० वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, प्राइम कमर्सियल बैंक प्रमोटर सेयरको १० करोड २० लाख, मुक्तिनाथ विकास बैंक प्रमोटर सेयरको ५ करोड २२ लाख, हाथ्वे इन्भेष्टमेन्टको ४ करोड १ लाख, हिमालयन डेष्टिलरीको ४ करोड ६० हजार रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स