काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले कम्पनीको एफपीओ मंसिर ८ गते शुक्रबार बिहान बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीको एफपिओमा अन्तिम दिनसम्म ११ लाख २२ हजार ९११ जनाले १ करोड २४ लाख ४३ हजार ६६० कित्ताका लागि आवेदन दिएका थिए । जुन कम्पनीले निष्काशन गरेको सेयरको ६९.७३ गुणा बढी हो ।
माग भन्दा बढी आवेदन परेको हुँदा एफपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १७ हजार ८४५ जनाले १०/१० कित्ताका दरले सेयर हात पार्नेछन् भने ११ लाख भन्दा बढीको हात रित्तो हुने भएको छ ।
लघुवित्तले कार्तिक २१ गतेदेखि कार्तिक २४ गतेसम्म एफपीओ निष्काशन गरेको हो ।
लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१.१८ कित्ता एफपीओ निष्काशन गरेको हो ।
नेपाल धितोपत्र बोर्डले असोज २६ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो। साविक उन्नति लघुवित्तले सहकार्य लघुवित्तलाई गाभेपछि उन्नति सहकारी लघुवित्त बनेको हो । गाभ्ने गाभिने प्रर्कियापछि कम्पनीमा सनास्थापक र सर्वसाधारण सेयरधनीको अनुपात मिलाउन कम्पनीले एफपीओ निष्काशन गरेको हो ।