यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका र घटेका १० कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ अंक विन्दुमा आइपुगेको छ ।

आज ३६ लाख ७५ हजारको कित्ता सेयर ९५ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै,३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मन्छियन हाइड्रोपावरको ८.१३%, बिपीडब्लु लघुवित्तको ७.४६%, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डको ६.१४%, प्रभु बैंक डिभेन्चरको ६.११%, एनआईसी एसिया क्याप फण्डको ५.६७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, माथिलो मैलुङ जलविधुतको ९.९४%, महिला लघुवित्तको ८.४७%, उपकार लघुवित्तको ७.३२%, नेष्डो समृद्वि लघुवित्तको ७.२७%, हिमालयन डेष्टिलरीको ६.५९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स