हिमालयन डेष्टिलरीसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक २३.८२ अंकले घटेर १८२९.६५ अंक विन्दुमा आइपुगेको छ ।

आज ३६ लाख ७५ हजारको कित्ता सेयर ९५ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै,३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिनरल्सको ४ करोड ३९ लाख, शिवम् सिमेन्ट्सको ३ करोड ७० लाख, सोल्टी होटलको २ करोड ८८ लाख, हाथ्वे इन्भेष्टमेन्टको २ करोड ६८ लाख, रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स