दुई कम्पनीमा सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ अंक विन्दुमा आइपुगेको छ ।

आज ३३ लाख १९ हजारको कित्ता सेयर १ अर्ब ९ करोड ९३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११३ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ग्लोबल आईएमई लघुवित्तको ९.९८%, कर्णली डेभलपमेन्ट बैंकको ९.९६ प्रतिशतले सर्किट लागेको छ । समाज लघुवित्तको ८.०६%, साहस उर्जाको ७.७५%, हाथ्वे इन्भेष्टमेन्टको ७.२८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, फरवार्ड लघुवित्तको १०%, सयपत्री हाइड्रोपावरको १०% र माथिल्लो मैलुङ खोलाको ९.९९ प्रतिशतले नकारात्मक सर्किट लागेको छ । हिमालयन डिस्टिलरीको ७.०१%, पिपल्स हाइड्रोपावरको ५.३३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स