काठमाडौं । तिहारपछिको सेयर बजारमा सामान्य अंकको वृद्वि भएको छ ।
सोमबार, नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ अंक विन्दुमा आइपुगेको छ ।
आज ३३ लाख १९ हजारको कित्ता सेयर १ अर्ब ९ करोड ९३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ११९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११३ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटलको ६ करोड ८४ लाख, सोनापुर मिनरल्सको ५ करोड ८८ लाख, हाथ्वे इन्भेष्टमेन्टको ३ करोड ३३ लाख, शिवम् सिमेन्ट्सको ३ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।