नेप्सेमा माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर कारोबार सुरु, कुन मूल्यमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सेयर कारोबार सुचारु भएको छ । सोमबारको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रति कित्ता २८८.४ रुपैयाँमा भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९६.१४ रुपैयाँ देखि २८८.४२ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो। यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेकोमा उच्चतम विन्दुबाट नै कारोबार सुरु भएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ ।

कम्पनीको ‘MMKJL’ सिम्बलबाट कारोबार भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स