सोल्टी होटेलको लाभांश घोषणा, साधारणसभा समेत आह्वान

काठमाडौं । सोल्टी होटेलले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले ५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि समेत २६.५८ प्रतिशत नगद लाभांश गरि कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

होटेलको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पुस २६ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड ४७ लाख रहेको छ । कम्पनीको प्रति सेयर अंकित मूल्य भने १० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स