नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थ समितिको निर्देशन

काठमाडौं । अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतको बैठकले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

यस अघि २०८० जेठ २९ मा समितिले नयाँ स्टक र ब्रोक्रर लाइसेन्स दिने प्रक्रिया रोक्न निर्देशन दिएको थियो । समितिले केही महिना अघि नै ब्रोकर लाइसेन्स वितरणको बाटो खोलिदिएको थियो । सोही अनुसार नयाँ ब्रोकर कम्पनीहरुले लाइसेन्स लिएर पनि कारोबार थालिसकेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पनि मन्त्री परिषद बैठकबाट २०८० वैशाख २८मा नयाँ स्टकको लाइसेन्स रोक्ने निर्णय गरेका थिए । संसदीय समितिले लाइसेन्सको बाटो खोलिदिएपछि अब भने सरकारमाथि पनि दवाब बढेको छ । नयाँ स्टकको लाइसेन्स प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतको सवबैधानिक इजलासले यसअघि नै आदेश दिईसकेको छ ।

नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन स्टक, नेसनल स्टक र अन्नपूर्ण स्टकले आवेदन दिएका छन् । यी तीनमध्ये हिमालयन र नेसनलबीच प्रतिस्पर्धा छ ।
हिमालयन स्टकमा दीपक भट्टको नेतृत्वमा शंकर ग्रुप लगाएतको लगानी छ भने दीपक तिमिल्सिना नेतृत्वको नेसनल स्टकमा उपेन्द्र महतो, मनोज केडिया लगाएतको लगानी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स