ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेप पछि सेयर बजारमा हरियाली

काठमाडौं । राष्ट्र बैंकले वाणिज्य बैंकहरुको ब्याजदरमा कडाइ गरेसँगै सेयर बजारमा हरियाली छाएको छ । बैंकहरुले निक्षेपमा ११ प्रतिशतभन्दा धेरै ब्याजदर निर्धारण गर्न थालेदेखि सेयर बजार ओरालो लाग्ने क्रममा थियो ।
मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी गर्दै ब्याजदर १० प्रतिशतभन्दा माथि नपुर्याउन निर्देशन जारी गरेको थियो ।

आजको कारोबारमा सेयर बजार पुरै हरियाली देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ६०.५६ अंकले बढेर २५७१.६६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स १२.०९ अंकले बढेको छ ।
६१ लाख १ हजार ४१४ कित्ता सेयर २ अर्ब ६७ करोड ९० लाख २८ हजार १५५ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन २०० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ फाइनान्स ५ प्रतिशतले बढेको छ भने ट्रेडिङ, होटल एण्ड टुरिजम, विकास बैंक र हाइड्रोपावरमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।

आज युनिभर्सल पावर कम्पनी, आँखु खोला जलविद्युत् कम्पनी र माइलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लगेको छ । साथै, सीइडीबी हाइड्रोपावर, नेशनल हाइड्रोपावरलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स