नेप्सेमा दुई कम्पनीको १ करोड ८१ लाख कित्ताबढी सेयर सूचीकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । शुक्रबार अपि पावर कम्पनी र मल्टीपर्पस फाइनान्सको १ करोड ८१ लाख कित्ताबढी हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा अपि पावर कम्पनीको ४० प्रतिशतले हुन आउने कुल १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता सेयर र मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशतले हुन आउने कुल १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स