धौलागिरी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । धौलागिरी लघुवित्तले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाक्षर्् वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३१ लाख रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स