काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक ११.८५ अंकले घटेर १८५२.०८ अंक विन्दुमा आइपुगेको छ ।
आज २८ लाख ३३ हजारको कित्ता सेयर ८३ करोड ६० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७५ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोनापुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटलको ३ करोड ८१ लाख, हाथ्वे इन्भेष्टमेन्टको ३ करोड ६४ लाख, तारागाँउ रेजेन्सीको २ करोड ३० लाख, सानिमा जीआईसी इन्स्योरेन्सको १ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।