काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ सूचीकृत भएको छ । बिहीबार कम्पनीको १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्यून्तम ९६.१४ रुपैयाँ देखि अधिकतम २८८.४२ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्ने गरेको छ ।
नेप्सेले कम्पनीलाई ‘MMKJL’ कारोबार संकेत प्रदान गरेको छ।
सेयर सूचीकृत भएसँगै अब कम्पनीको सेयर मंसिर ४ गतेबाट कारोबारमा आउने छ। भोलि शुक्रबार र त्यसपछि तिहार र छठ पर्वको बिदाका कारण अब कम्पनीको सेयर मंसिर ४ गते सोमबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुने छ ।