सपोर्ट लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । सपोर्ट लघुवित्तले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २१ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजी ९ करोड ५२ लाख ३८ हजार रुपैयाँको कुल १३.६८४२ प्रतिशतले हुन आउने १ करोड ३० लाख ३२ हजार ५६८.४२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १ करोड २३ लाख ८० हजार ९४० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशतले हुन आउने ६ लाख ५१ हजार ६२८.४२ रुपैयाँबराबरको नगद लाभांश छन्।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स