इमर्जिङ नेपालको लाभांश घोषणा

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजी ५५ करोड ५६ लाख को ८.४२१०५ प्रतिशतले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३ सय ६८ रुपैयाँ ४२ पैसा नगद लाभाशं (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश कम्पनीको आगामी आठौं वार्षिक साधारण सभाबाट पारित भए पश्चात एवं कम्पनी ऐन २०६३ को दफा १८२ (२) अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति पश्चात सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स