काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।
मंगलबार, नेप्से परिसूचक ११.२२ अंकले बढेर १८५८.७६ अंक विन्दुमा आइपुगेको छ ।
आज ४३ लाख ३१ हजारको कित्ता सेयर ९९ करोड ६५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १४४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८३ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन बैंक प्रामोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, माछापुच्छ्रे बैंकको ६ करोड ३८ लाख, सोनापुर मिनरल्सको ५ करोड ९२ लाख, सानिमा जीआईसी इन्स्योरेन्सको ५ करोड ३९ लाख, सोल्टी होटलको ३ करोड ७४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।