नेप्से २१ अंकले बढ्दा दुई कम्पनीमा लाग्यो सर्किट, कुनले कति कमाए ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ अंक विन्दुमा आइपुगेको छ ।

आज ३५ लाख ५५ हजारको कित्ता सेयर ९३ करोड ८९ लाखमा खरिद बिक्री भएको छ ।

१९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३२ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, हाथ्वे इन्भेष्टमेन्टको ९.९८%, सिद्वार्थ प्रिमियर इन्स्योरेन्सको ९.९३ प्रतिशतले सर्किट लागेको छ । आशा लघुवित्तको ६.१६%, दिव्यश्वरी हाइड्रोपावरको ५.८८%, माईखोला हाइड्रोपावरको ५.८२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यसैगरि, लक्ष्मी लघुवित्तको ४.२८%, वीन लघुवित्तको ३.९९%, एनआइसी एसिया लघुवित्तको ३.९१%, एनआइसी एसिया ब्यालेन्स फण्डको ३.०१%, माया खोला हाइड्रपावरको २.४० प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स