भिजन लुम्बिनी उर्जाको आईपीओमा हालसम्म कति पर्यो आवेदन ?

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओमा तेस्रो दिनसम्म ४.७६ गुणाबढी आवेदन परेको छ । आज साँझ ५ः११ बजेसम्ममा ८ लाख ४७ हजार ७७० जना आवेदकहरुले ९८ लाख ८० हजार ४३० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ४.७६ गुणा बढी हो ।

कम्पनीले कार्तिक १६ गतेदेखि सर्वसाधारणका लागि २० लाख ७५ हजार २ सय ८५ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता सेयर निष्काशन गरेको छ । यस निष्काशनमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८० मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स