नबिल बैंक प्रमोटर सेयरसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन पनि सेयर बजारमा भारी गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक २१.४६ अंकले घटेर १८२६.२३ अंक विन्दुमा आइपुगेको छ ।

आज ३५ लाख ५८ हजारको कित्ता सेयर ९७ करोड २३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको घटेको छ भने २३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नबिल बैंक प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकको ३ करोड १७ लाख, एनआईसी एसिया बैंकको ३ करोड ३ लाख, हिमालयन डेष्टिलरीको २ करोड ८९ लाख, नबिल बैंकको २ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स