काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक १०.८६ अंकले घटेर १८४७.७० अंक विन्दुमा आइपुगेको छ ।
आज ३७ लाख ४९ हजारको कित्ता सेयर ९६ करोड ४४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा १९० वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, आशा लघुवित्त प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, प्राइम कमर्सियल बैंक प्रमोटर सेयरको ६ करोड ४५ लाख, सोनपुर मिनरल्सको ४ करोड ४९ लाख, सोल्टी होटलको २ करोड ७९ लाख, हाथ्वे इन्भेष्टमेन्टको २ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।