ब्याजदरको प्रभाव: नेप्से ७७.३३ अंकले घट्यो

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा त्यसको प्रभाव परेको छ । वाणिज्य बैंकहरुले निक्षेपमै ११ प्रतिशतसम्म ब्याजदर घोषणा गरेसँग नेप्से ७७ अंकभन्दा माथिले घटेको छ । आज नेप्से ७७.३३ अंकले घटेर २५१०.७३ विन्दुमा आएको छ । सेन्सेटिभ इन्डेक्स १३.२८ अंकले घटेको छ ।

मंगलबार २२१ कम्पनी सेयर ५४ हजार ४१६ पटक कारोबार भएको छ । ९५ लाख ७२ हजार १६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७७ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूहहरु घटेर राता भएका छन् । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स उपसमूह ४२८.३९ अंकले घटेको छ ।
बजार घट्दा पनि माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था र मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ अंक भन्दा माथिले बढेको छ ।

नेपाल हाइड्रो डेभलपर र नेशनल हाइड्रो पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरै घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स