सोनपुर मिनरल्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौंथो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३३ लाख ६४ हजारको कित्ता सेयर ८१ करोड २० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनपुर मिनरल्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै,आशा लघुवित्त प्रमोटर सेयरको ७ करोड २ लाख, हाथ्वे इन्भेष्टमेन्टको १ करोड ९७ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सको १ करोड ४८ लाख, हिमालयन डेष्टिलरीको १ करोड २९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स