काठमाडौं । भोलिबाट भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले भोलि कार्तिक १६ गतेदेखि सर्वसाधारणका लागि २० लाख ७५ हजार २ सय ८५ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले स्थानीयलाई सेयर निष्काशन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यस निष्काशनमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८० मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।