यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढ्ने र घट्ने कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० अंक विन्दुमा आइपुगेको छ ।

आज २२ लाख ५८ हजारको कित्ता सेयर ५७ करोड १४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, माहुली लघुवित्तको ६.०५%, एभरेष्ट बैंकको ३.९०%, हाथ्वे इन्भेष्टमेन्टको ३.४५%, सिवाइसी नेपाल लघुवित्तको ३.४२%, किसान लघुवित्तको २.७९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सोनापुर मिनरल्सको सेयरमा ९.९८ प्रतिशतको नकारात्मक सर्किट लागेको छ । एनआईबीएल ग्रोथ फण्डको ५.७१%, मेरो माइक्रोफाइनान्सको ४.४३%, बीपीडब्लु लघुवित्तको ४.३६%, मेन्छियाम हाइड्रोपावरको ४.२८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स