सूर्य ज्योति लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० अंक विन्दुमा आइपुगेको छ ।

आज २२ लाख ५८ हजारको कित्ता सेयर ५७ करोड १४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक १ करोड ६५ लाख, नबिल बैंकको १ करोड ४८ लाख, सिद्वार्थ बैंक प्रमोटर सेयरको १ करोड ४५ लाख, हिमाल दोलखाको १ करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स