मिर्मिरे लघुवित्तको एफपीओमा बाँडफाँट हुने मिति तय, कति जनाको हात पर्दैछ सेयर ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले लघुवित्तको एफपीओ कार्तिक १६ गते बिहीबार बिहान ८ः३० बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

लघुवित्तको एफपीओमा अन्तिम दिनसम्म १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए । जुन लघुवित्तले निष्काशन गरेको सेयरको १३०.६३ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेकोले सेयर गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १२ हजार ३८१ जनाले १०/१० कित्ता र सोहि मध्यका ६ जनाले थप १/१ कित्ता गरि ११ कित्ता पाउनेछन् । त्यस्तै, १४ लाख बढीको हात रित्तो हुने भएको छ ।

लघुवित्तले असोज २५ गतेदेखि असोज ३० गतेसम्म एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स