नेप्से ३ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढ्ने र घट्ने कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० अंक विन्दुमा आइपुगेको छ ।

आज २८ लाख २४ हजारको कित्ता सेयर ६९ करोड ४२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९७ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, पञ्चकन्या माई हाइड्रोपावरको ७.८२%, मन्दाकिनी हाइड्रोपावरको ५.८९%, सुपरमादी हाइड्रोपावरको ५.२६%, इमर्जिङ नेपालको ४.५०%, छ्याङदी हाइड्रोपावरको ४.४८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, सोना मिनरल्सको १० प्रतिशतले सेयर मूल्य घटेको छ । विन्दवासिनी हाइड्रोपावरको ६.६७%, अपर सोलु हाइड्रोको ६.५८%, लक्ष्मी उन्नती कोषको ४.२९%, ग्लोबल आईएमई ब्यालेन्स फण्डको ३.९२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स