नेप्से सामान्य अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० अंक विन्दुमा आइपुगेको छ ।

आज २८ लाख २४ हजारको कित्ता सेयर ६९ करोड ४२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९७ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, साधाना लघुवित्त प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २३ लाख, सिद्वार्थ बैंक प्रमोटर सेयरको २ करोड ९० लाख, नबिल बैंकको २ करोड ३० लाख, नेशनल हाइड्रोपावर कम्पनीको १ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स