नेशनल हाइड्रोपावरसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ अंक विन्दुमा आइपुगेको छ ।

आज २७ लाख १२ हजारको कित्ता सेयर ७४ करोड २९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हाथवे इन्भेष्टमेन्ट नेपालको २ करोड ४७ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सको २ करोड ३० लाख, नबिल बैंकको २ करोड १७ लाख, घोराही सिमेन्ट्सको १ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स