नेप्सेमा सोनापुर मिनरल्सको सेयर कारोबार सुचारु, कुन मूल्यमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोनापुर मिनरल्स एन्ड आयलको सेयर कारोबार सुचारु भएको छ । आइतबारको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रति कित्ता ३५० रुपैयाँमा भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १४२.०१ रुपैयाँ देखि ४२६.०३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेकोमा ३५० रुपैयाँबाट कारोबार सुरु भएको हो ।

कम्पनीको ‘SONA’ सिम्बलबाट कारोबार सुरु भएको हो ।

कम्पनीको आईपीओ गत कात्तिक २ गते नेप्सेमा सूचीकृत भएको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स