काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कार्तिक २१ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१.१८ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।
एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको एफपीओमा लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्।
लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
नेपाल धितोपत्र बोर्डले असोज २६ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो। साविक उन्नति लघुवित्तले सहकार्य लघुवित्तलाई गाभेपछि उन्नति सहकारी लघुवित्त बनेको हो । गाभ्ने गाभिने प्रर्कियापछि कम्पनीमा सनास्थापक र सर्वसाधारण सेयरधनीको अनुपात मिलाउन कम्पनीले एफपीओ निष्काशन गर्न लागेको हो ।