नेप्सेमा सोनापुर मिनरल्स्को सेयर सूचीकृत, दशैंपछि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोनापुर मिनरल्स् एण्ड सिमेन्टको आईपीओ सूचीकृत भएको छ । बिहीबार कम्पनीको ३ करोड ७ लाख ५० हजार ५०० किता सेयर नेीसेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता न्यूनतम १४२.०१ रुपैयाँदेखि अधिकतममा ४२६.०३ रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। कम्पनीको ‘SONA’ सिम्बलबाट कारोबार हुने छ ।

कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि शुक्रबार र त्यसपछि विजया दशमीको अवसरमा सार्वजनिक बिदा भएकोले कात्तिक १२ गतेबाट कारोबारमा आउने छ ।

योसँगै, अब कात्तिक १२ गते आइतबारको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स