काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक ४.०५ अंकले घटेर १९०३.८४ अंक विन्दुमा आइपुगेको छ ।
आज ३७ लाख ६६ हजारको कित्ता सेयर ९७ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नबिल बैंक प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, प्रभु बैंक प्रमोटर सेयरको ५ करोड १५ लाख, नबिल बैंक ३ करोड १५ लाख, घलेम्दी हाइड्रोको २ करोड ८० लाख, सानिमा जीआईसी इन्स्योरेन्सको २ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।