एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया लघुवित्तले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजारको १५ प्रतिशत अर्थात २६ करोड ९ लाख १६ हजार बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने भएको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स