नेप्सेमा उछाल आउँदा २ कम्पनीमा लाग्यो सर्किट, कुनको कतिले बढ्यो ?

काठमाडौं । साताको चौंथो दिन सेयर बजारमा उछाल आएको छ ।

बुधबार, नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ७२ हजारको कित्ता सेयर ९३ करोड ४८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १० वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आशा लघुवित्तको १०%, इन्फिनीटी लघुवित्तको ९.९७ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । मिड सोलु हाइड्रोपावरको ९.३१%, ज्योती विकास बैंकको ९.१९%, गणपती लघुवित्तको ९.१३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, बिपीडब्लु लघुवित्तको ४.६२%, एनआईबीएल समूद्वि फण्ड २ को ३.९५%, प्रभु बैंक डिभेन्चरको ३.८८%, मेगा म्यूचल फण्डको ३.२८%, सिटिजन्स म्यूचल फण्डको ३.०९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स