नेप्से ४३ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको चौंथो दिन सेयर बजारमा उछाल आएको छ ।

बुधबार, नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ७२ हजारको कित्ता सेयर ९३ करोड ४८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १० वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, कुमारी बैंक प्रमोटर सेयरको ३ करोड १३ लाख, आईएमई लाइफ इन्स्योरेन्सको २ करोड ४२ लाख, शिवम् सिमेन्ट्सको २ करोड २७ लाख, हाथवे इन्भेष्टमेन्ट नेपालको १ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स